चिट्ठा परेका १ हजारले जापानको भाषा परीक्षा दिन पाउने

असोज १३, काठमाडौं – जापान सरकारले एकैचोटि ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै नेपालबाट कामदार लैजान सुरुमा चिट्ठा हाल्ने भएको छ । गोलाप्रथाबाट छानिने १ हजार इच्छुक कामदारले भाषा परीक्षा दिन पाउने भएका हुन् । जापान फाउन्डेसनले यसअघि ‘फर्स्ट कम फर्स्ट प्रायोरिटी’लाई आधार मानेर सुरुमा आवेदन भर्ने १ हजारलाई भाषा परीक्षा दिन पाउने व्यवस्थाको तयारी गरेको थियो । तर अहिले त्यसलाई परिवर्तन गर्दै गोलाप्रथाबाट छानिने १ हजारलाई भाषा परीक्षा दिन पाउने मौका दिएको हो । जापान जान खोज्ने युवाको भाषा र सीप परीक्षण तथा अन्य व्यवस्थापकीय कामका लागि जापानी...