मकवानपुरको ८ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाई हुने

असोज १८, हेटौडा – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, भक्तपुरले मकवानपुरका ८ वटा सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा अध्यापनको लागि अनुमति दिएको छ । परिषदले शैक्षिक सत्र २०७६/७७ का लागि प्राविधिक एसएलसी र प्रमाणपत्र तह प्राविधिक, ३ बर्षे स्नातक प्राविधिक शिक्षाका लागि अनुमति दिएको हो । परिषदको आश्विन १४ गतेको निर्णयले प्राविधिक एसएलसी तहका लागि कैलाश गाऊँपालिकाको कालिका माविलाई पशुविज्ञान १८ महिने, हेटौडा–१५ को जनजागृति माविलाई अटो इञ्जिनियरिङ्ग १८ महिने, ३ बर्षे डिप्लोमा (स्नातक) का लागि हेटौंडा– ४ को भुटनदेवी माविलाई सिभिल इञ्जिनियरिङ्ग, हेटौंडा–१९ को निर्मल माविलाई इलेक्ट्रिकल इञ्जिनियरिङको...