नेपालको बैंक लुट्ने चिनियाँ ह्याकर जेल चलान

कार्तिक २२, काठमाडौं – नेपालका विभिन्न बैंकको एटीएम ह्याक गर्ने चिनियाँ ‘ह्याकर’ लाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलाशले ५ जना चिनियाँ र चिनियाँ मुलका एक फ्रेन्च ह्याकरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । प्रकरणमा संलग्न नेपालीलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले डेस्को मनि एक्स्चेन्जका सञ्चालक देवनाथ लामिछानेसँग ३० लाख रुपैँया, नेपालयका रेवती दुवाडी र रोशन प्रधानसँग जनही २६ लाख रुपैयाँ धरौटी गरेको छ । पुर्पक्षका लागि थुनामा पठाइएकाहरुलाई सुन्धारा...