धरौटी बुझाउन नसकेपछि दुई महिला जेल चलान

कार्तिक २८, हेटौडा – अनियमित रूपमा रुख कटान गरी वनपैदावार नोक्सानी गरेको मुद्दामा अदालतले तोकेको धरौटी बुझाउन नसकेका दुई महिला जेल चलान भएका छन् । मकवानपुरको बकैया गाउँपालिका–८ को देउताखोला सामुदायिक वनका कार्यसमिति सदस्य पातलीमाया भुलुन र सीतामाया घ्यावाले अदालतले तोकेको धरौटी बुझाउन नसकेका हुन् । मकवानपुर जिल्ला अदालतले दुवैलाई आइतबार जनही ११ लाख १७ हजार रुपैयाँ नगद वा जेथा जमानत धरौटी मागेको थियो । दुवैलाई चितवनको भरतपुर कारागार चलान गरिएको छ । वन ऐन २०४९ को दफा ६४ को २ बमोजिम उनीहरूसँग धरौटी माग गरेको अदालतको आदेशमा उल्लेख...