संघिय मन्त्रीपरिषद पुनर्गठन, थपिए केही नयाँ मन्त्रीहरु (नामावली सहित)

मंसिर ५, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन्, भने केहीलाई नयाँ नियुक्त गरेका छन् । मन्त्री परिषद पूनर्गठनको औपचारिक जानकारी राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत् दिएको छ । प्रधानमन्त्री ओलीले महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, उद्योगमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ र कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई हटाएका छन् । नवनियुक्त मन्त्रीहरुलाई आज सपथ गराइनेछ । यस सँगै...