बागमती प्रदेशका सबै जिल्लामा आइसोलेशन कक्ष राख्ने तयारी

फाल्गुन, हेटाैंडा – बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस (कोभिड–१९) प्रकोपबाट प्रभावित भई आकास्मिक रूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन उपत्यका बाहेक प्रदेशका १० जिल्लाको अस्पतालमा आइसोलेशन कक्ष पूर्ण तयारीका साथ राखिएको जनाएको छ । ती जिल्ला अस्पतालमा छुट्टाछुट्टै प्रकोष्ट कक्षमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी, मास्क, प्रविधियुक्त पोशाक र उपकरणसहित सतर्कमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशन बमोजिम जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा सम्बन्धित गाउँपालिका, नगरपालिका र नगरपालिकाको स्वास्थ्य चौकी, उपचौकी र प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मीले सम्बन्धित गाउँटोलका स्थानीय जनताको घरदैलोमा पुगी कोरोना...