कोरोना नियन्त्रणका लागि आधारभूत काम तयार – मुख्यमन्त्री पौडेल

चैत्र, हेटौँडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले महामारीका रुपमा फैलिएको कोरोना भाइरसले मानव जातिकै अस्तित्वमा चुनौती दिएको उल्लेख गर्दै प्रदेश सरकारले यसको सामना गर्न प्रशस्त तयारी गरेको बताएका छन् ।प्रदेशवासीका नाममा सम्वोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले विश्वव्यापी महामारीको महाविपत्तिमा सरकारले विभिन्न सुरक्षात्मक उपाय अपनाउने क्रममा देशमा लकडाउन घोषणा गरेकाले आम नागरीकलाई सेल्फ क्वारेण्टाइनमा रहन आग्रह गरेका छन् । उनले सङ्क्रमण फैलन नदिन र आवश्यक उपचारको व्यवस्था गर्न कोरोना अस्पताल तथा आइसोलेसन वार्ड निर्माण, क्वारेण्टाइन निर्माण, स्वास्थ्यकर्मीको लागि आवश्यक उपकरण, थर्मल गन, आइसियु र भेण्टिलेटरको व्यवस्था एवं औषधि तथा उपकरणको...