५० हजार रुपियाँको कोरोना बीमा गर्न बीमा समितिको निर्देशन

बैशाख १३, काठमाडौँ – बीमा समितिले कोरोना भाइरस बीमालेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कम्पनीहरुको बीमा पुल मार्फत यस्तो निर्देशन जारी गरिएको हो । नेपालमा कोरोना संक्रमण अझै फैलन सक्ने अवस्था तथा संभावनालाई मध्येनजर गर्दै कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिम जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न उक्त निर्देशन जारी गरिएको कार्यकारी निर्देशक पौडेलले बताए । विशेष गरी ग्रामीणस्तर सम्म न्यून आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यले दुई श्रेणीको कोरोना बीमालेख जारी गर्न निर्देशन गरिएको हो ।...