लकडाउन सँगै निकुञ्ज सुरक्षामा चुनौती

बैशाख १४, चितवन – बन्दाबन्दीसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ । शहरी क्षेत्र लकडाउनले ठप्प भएपछि विभिन्न बहानामा मानिस निकुञ्ज प्रवेश गर्ने क्रम बढेपछि सुरक्षामा चुनौती थपिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गत चैत ११ गते लकडाउन शुरु भएयता निकुञ्जमा विभिन्न तवरबाट प्रवेश गर्नेको सङ्ख्या निकै बढेको छ । यस अवधिमा ४४३ जनालाई पक्राउ गरी आवश्यक कारवाही भइरहेको उहाँले जानकारी दिनुभयो । नदीमा गोहीले फुल पार्ने बेला भएकाले फागुनदेखि असार मसान्त सम्म माछा मार्न पाइँदैन । तर यस अवधिमा तिहारी र हाते जाल...