स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने निर्णय उच्च अदालतबाट सदर

बैशाख, काठमाडौ – स्मार्ट टेलिकमको इजाजतपत्र स्वतः रद्द गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय उच्च अदालत पाटनले सदर गरेको छ । शुक्रबार न्यायाधीश ध्रुव्रचन्द्र नन्द र दिपेन्द्र बहादुर बमको संयुक्त इजालसले दूरसञ्चार प्राधिकरणको पक्षमा फैसला सुनाएपछि स्मार्ट टेलिकमको इजाजतपत्र स्वतः रद्द हुने भएको छ । यसअघि प्राधिकरणले कानून अनुसार स्वतः इजाजतपत्र खारेज गर्ने निर्णय लिएपनि स्मार्ट टेलिकम उच्च अदालतको शरण पुगेको थियो । स्मार्ट टेलिकमका तर्फबाट अख्तियारप्राप्त रामनाथ वन्ठा थारुले प्राधिकरण बोर्डको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश माग राख्दै गत चैत ३० गते उच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए...