निदान अस्पतालमा सेवा लिने २ सय मिर्गौला पीडित बिचल्ली

जेठ १, काठमाण्डौ – ललितपुरको पुुल्चोकस्थित आरोग्य फाउन्डेसन र निदान अस्पताललाई प्रशासनले शिल गरेको छ । फाउन्डेसनमा कार्यरत २५ वर्षीया युवतीलाई कोरोना संक्रमण पुुष्टि भएपछि बुधबार बिहान प्रशासनले सिल गरेको हो । आरोग्य फाउन्डेसन मार्फत निदान अस्पताल सञ्चालनमा आएको हो । अस्पतालका चिकित्सक डा.पुकारचन्द्र श्रेष्ठले अस्पताल सिल भएपछि उपचार सेवा पूर्ण रूपमा प्रभावित भएको जानकारी दिए । सामान्य स्वास्थ्य सेवा लिन आउने बिरामीलाई अन्य अस्पताल रिफर गरिए पनि मिर्गौलाको नियमित डायलासिस गराइरहेका बिरामी बिचल्लीमा परेका छन् । डा.श्रेष्ठका अनुसार अस्पतालमा दैनिक ६० जनाले डायलासिस सेवा लिँदै आएका छन् । अस्पताल नै सिल भएपछि सबै सेवा...