सोमालियामा मारिएका विद्रोही कमाण्डर नेपाली भएको दावीप्रति नेपाल प्रहरीको चासो

असार, काठमाडौं – सोमालियाको सुरक्षा फौजले गरेको सैन्य कारवाहीमा मारिएका इस्लामिक समूह अल–सवाबका कमाण्डर नेपाली रहेको दावीप्रति नेपाल प्रहरीले चासो देखाएको छ । सोमालियाको सेनाले गत विहीबार दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा इस्लामिक विद्रोही संगठन अलसवाबविरुद्ध सैन्य कारवाही गरेको थियो । सो कारवाहीमा मारिएका अल सवाबका कमाण्डर भनिएका असरफ अज्मी अबु हमदानलाई नेपाली नागरिक भएको त्यहाँको राज्यस्तरीय रेडियोलाई उद्धृत गर्दै अफ्रिका न्युजले लेखेको छ । यो दावीप्रति नेपाल प्रहरीले चासोका साथ हेरेको बताइएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआइजी निरजबहादुर शाहीले सोमालियामा मारिएका विद्रोही कमाण्डर नेपाली भएको घटनाबारे चासोका...