सिटिजन्स बैङ्कको ऋणपत्र नेप्सेमा सूचीकृत

असार, काठमाण्डौं – सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैङ्क ऋणपत्र २०८६”लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार आयोजित एक विशेष समारोहका बीच उक्त समझदारी पत्रमा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज ९नेप्से० तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका हुन् । अबदेखि उक्त ऋणपत्र नेप्सेमार्फत कारोबार गर्न सकिने  छ । रु.२ अर्ब ५० करोड बराबरको रु १,०००/– अंकित मूल्यका २५,००,००० कित्ता “१०.२५% सिटिजन्स बैङ्क ऋणपत्र २०८६”...