खोटाङमा मुद्दा फछ्यौट लक्ष्य हासिल हुन सकेन

साउन, खोटाङ – जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७६/७७ मा १३५ वटा मुद्दा फर्छ्योट गरेको छ । एक आर्थिक वर्षमा १६१ वटा मुद्दा फर्छ्योट गर्ने लक्ष्य लिएको अदालतले शुरू मुद्दातर्फ १२७, पुनरावेदनतर्फ चार र निषेधाज्ञा र रिटतर्फका चार वटा मुद्दा फर्छ्योट गरेको हो । आर्थिक वर्ष २०७६/७७ मा १८ महीनादेखि दुई वर्षभित्रको पाँच, एक वर्षदेखि १८ महीनाभित्रका सात, ६ महीनादेखि एक वर्षभित्रका ३४ र ६ महीनाभित्रका ८९ वटा मुद्दा फर्छ्योट गरिएको श्रेष्तेदार रामाकान्त यादवले बताए । “कोभिड-१९ को महामारीका कारण लक्ष्यभन्दा १६ दशमलव २० प्रतिशत कम मुद्दा फर्छ्योट भयो”,...