कक्षा १२ को परिक्षा दशैँ अगावै गर्ने तयारी

भदौ, काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिए । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् । यस क्रममा ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न...