सार्वजनिक गाडीले आजबाट सबै सिटमा यात्रु चढाउन पाउने, भाडादर पुरानै लिनुपर्ने निर्णय

असोज, काठमाण्डौ – सार्वजनिक सवारीसाधनले आज (मंगलबार) देखि सबै सिटमा यात्रु चढाउन पाउने भएका छन् । सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको हो । सरकारले आजदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । उनका अनुसार पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै अब सार्वजनिक गाडीले भाडा पनि पुरानै दरमा लिनुपर्नेछ । यस्तै, कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने पनि उनले बताएका छन् । यसअघि सार्वजनिक गाडीमा आधा सिट क्षमतामा मात्र यात्रु राखेर...