जसपालाई ८ मन्त्रालय दिने तयारीमा प्रधानमन्त्री ओली

चैत्र, काठमाडाैँ – जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्री सँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो । ‘मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो,’ महतोले भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ ।’ भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट...