कोरोनाको सामनाका लागि तयारीमा रहन गृहमन्त्रीको निर्देशन

साउन, काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्दो क्रममा रहेकाले त्यसको सामनाका लागि आवश्यक तयारीमा रहन विभिन्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रालयमा गृहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य तथा जनसङ्ख्या सचिवलगायत गृह मातहतका निकायका अधिकारीसँगको छलफलमा उनले चुनौतीपूर्ण अवस्था आउन सक्नेतर्फ सचेत भएर काम अघि बढाउन निर्देशन दिनसभएको हो । मन्त्री खाँणले उहाँँले भन्नुभयोा, “अघिल्लो लहरको कोरोनामा अस्पतालहरुमा बेड थिएन, औषधि थिएन, पूर्वतयारी थिएन यदि अर्को लहर आयो भने अस्पतालको बार्दलीमा पनि...