कक्षा ११ र १२ का विद्यार्थीलाई आजबाट कोरोनाविरुद्धको खोप लगाइँदै

भदौं, काठामाण्डौ – विद्यार्थीहरुलाई लक्षित गरी आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । उक्त खोप कार्यक्रम आजदेखि तीन दिनसम्म चल्नेछ। स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्ष माथिका कक्षा ११–१२ का विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको पवेशपत्र लिएका विद्यार्थीहरुले भेरोसेल खोपको पहिलो मात्रा लिन पाउने छन् । साथै ४० वर्ष वा सो भन्दा माथिको उमेर समूहका व्यक्तिले पनि खोप लगाउन पाउने छन् । चर्को दबाबपछि गत साउन ३१ देखि हुने भनिएको कक्षा १२ को परीक्षा सरकारले स्थगित गर्ने निर्णय गरेको थियो । परीक्षा दिनुअघि विद्यार्थीलाई खोपको व्यवस्था गर्नपर्ने आवाज...