सर्वोच्चले कुलमान र हितेन्द्रदेव नियुक्तिको सक्कल फाइल पेश गर्न आदेश

भदौं, काठामाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सक्कल फाइल झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य दुवैको नियुक्तिको सक्कल फाइल तीन दिन भित्र पेश गर्न आदेश दिएको छ । शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै रित दायर गरेका थिए । शाक्यले आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सरकारले बिचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जिकिर रिटमा गरेका छन्...