एकीकृत समाजवादीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी

भदौं, काठमाण्डौ – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ । नेकपा (एकीकृत समाजवादी) ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय सँगै यस्तो तयारी गरेको हो । प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको भेटपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । यसै क्रममा नेकपा (एकीकृत समाजवादी)ले पनि सरकारमा पठाउने नेताहरूको नाम छनोट तयारी गरेको हो । नेकपा (एकीकृत समाजवादी) ले ५ देखि ६ मन्त्रालय पाउने सम्भावना छ । सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय बाँडफाँटको अन्तिम...