बैंकहरूले मुद्दती निक्षेपको ब्याजदरमा प्रतिस्पर्धा

कार्तिक, काठमाडौं – बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर धमाधम बढाएर ११ प्रतिशतसम्म पुर्‍याएका छन् । बैंकहरूबीच उच्च ब्याजदरमा प्रतिस्पर्धा चलेको छ। गत असोजमा सनराइज बैंकले मात्रै सबैभन्दा आकर्षक अर्थात् १०.०७ प्रतिशतसम्मको वार्षिक व्यक्तिगत मुद्दतीको ब्याजदर घोषणा गरेको थियो । तर, कात्तिकदेखि लागू हुनेगरी ७ ओटा वाणिज्य बैंकले दोहोरो अंकमा र ११ ओटाले एकल अंकमै ब्याजदर बढेको घोषणा गरेका छन् । बैंकहरूले भने स्रोत जुटाउन सार्वजनिक सूचना जारी गर्दै निक्षेपको ब्याजदर दोहोरो अंकसम्म पुर्‍याएका हुन्। सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंक र लक्ष्मी बैंकले ११ प्रतिशतको हाराहारीसम्म ब्याजदर निर्धारण...