नेपाली गीत अन्तर्राष्ट्रिय बजारबाट वञ्चित

पुष, काठमाडौं – नेपालले प्रतिलिपिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द इन्टरनेसनल कन्फेड्रेसन अफ सोसाइटिज अफ अथर एन्ड कम्पोजर’ (सिसाक) सदस्यता प्राप्त गरेको छ । तर, सिसाक सर्भर किन्न नसक्दा भने नेपाली गीतसंगीतको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सकेको छैन । सिसाकको पूर्णसदस्यता लिन नसक्दा नेपाली गीतसंगीत व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारमा जान सकेको थिएन । संगीत रोयल्टी संकलन समाज नेपालको पहलमा बल्ल सिसाक सदस्यता प्राप्त भएको हो । यद्यपि, सदस्यता प्राप्त गर्दैमा नेपाली गीतले अन्तर्राष्ट्रिय बजारमा मान्यता भने पाउनेछैन । नेपाली गीत अन्तर्राष्ट्रियकरण गर्न अझै धेरै प्रक्रिया बाँकी नै छन् । ‘सिसाक सर्भर’...