वैशाख ३० गते सवारी साधन नचल्ने, २७ गतेबाट सीमा नाका बन्द गर्ने आयोगको निर्णय

बैशाख, काठमाडौ – स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक यातायातका साधन नचल्ने भएका छन् । त्यस्तै प्रशासनको अनुमति पासबिनाका नीजि सवारी साधन पनि चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदानका दिन अनुमति पास विनाका सवारी साधन चलाउन नदिन भनेर सरकारलाई बिहीबार पत्र पठाएको हो । आयोगका अनुसार अपांगता भएका मतदाताका हकमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतबाट सवारी अनुमति लिएर एकाघरका एक जनासहित मतदानस्थलमा जाने मापदण्ड तय गरिएको छ । सवारी साधन अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिइएको मापदण्ड बनेको आयोगले जनाएको...