भोईस अफ नेपाल सिजन ४ मा २० हजार जनाको आवेदन

साउन, हेटौडा – द भोईस अफ नेपाल सिजन ४ छिट्टै प्रसारण हुँदैछ । साउन पहिलो साताबाट सुरु हुने अनुमान गरिएको शो केही ढिला गरि प्रसारणमा आउन लागेको हो । यसैबिच सिजन ४ का लागि २० हजारभन्दा बढी आवेदनहरु परेको छ । स्वदेश तथा विदेशका गरी २० हजारभन्दा बढीले डिजिटल अडिसनमा सहभागिता जनाएका हुन् । यी २० हजार प्रतियोगीहरुमध्येबाट उत्कृष्ट १५० जनालाई शोको ब्लाईण्ड अडिसनमा सहभागी गराईनेछ । यी १५० जना प्रतियोगीहरुमध्येबाट केबल ६४ जना प्रतियोगीहरुमात्र ब्याटलका लागि छानिनेछन् । द भोईस अफ नेपालमा अहिलेसम्म सिडी विजय अधिकारी, राम लिम्बु...