भदौ देखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने

साउन, काठमाडौं – सरकारले भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु हुने भएको हो । मन्त्रालयले भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिने जनाएको छ । प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, शंखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेहथुम र उदयपुरमा खोप सञ्चालन हुने छ । मधेश प्रदेशका बारा रौतहट, सर्लाही...