गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक हुनुपर्दछ – माधव नेपाल

भदौ, कास्की – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तागठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिएका छन्। उनले भने, “सिट बाँडफाँट न्यायोचित र सहमतिका साथ हुनुपर्छ । आफ्नो पार्टी सकेसम्म सबैको सम्मान हुने गरी सहमति गर्ने गरी अघि बढेको छ । ” पार्टी निकट नेपाल आदिवासी जनजाति महासङ्घ कास्कीको प्रथम भेलाको आज पोखरामा शुभारम्भ गर्दै उनले गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक र सहमतिका साथ हुनुपर्दछ भने। अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चालगायतका कम्युनिष्ट पार्टीसँग पार्टी एकताको कुराकानी र वार्ता...