हेटौंडामा २५-२५ मिटर नै सडक बिस्तार हुन्छ – भीमसेन महत

भदौ, हेटौँडा – नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने सडक विस्तारको विषयलाई लिएर भ्रम सृजना गरिएको बताउनुभएको छ । बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सचिव महतले महेन्द्र राजमार्गको चौंडाई ५० मिटर हुने सडक ऐनमा नै व्यवस्था भएको बताउँदै हेटौंडामा पनि दायाँबायाँ गरी ५० मिटर नै विस्तार हुने दावी गर्नुभयो । सचिव महतले पार्टीका नेता तथा प्रतिनिधिले बाइपासको विषय चलाए पनि बाइपास कहिल्यै नबनाएको बताउँदै उनीहरुले दोहोरो चरित्र देखाएको टिप्पणी गर्नुभयो । उहाँले एशियन हाइवे अन्तर्गत बारा र चितवनका क्षेत्र विस्तार हुने हेटौंडाको...