राप्तीमा तामाङ भाषामा पढाउनका लागि शिक्षकहरुलाई ५ दिने प्रशिक्षण

भण्डारा । चितवनको राप्ती नगरपालिकाका बिद्यालयहरुमा अब तामाङ मातृभाषामा पठनपाठन गरिने भएको छ । तामाङ बिद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा यसै शैक्षिक सत्रदेखि नै तामाङ मातृभाषामा पठनपाठन गर्नका निम्ति तयारी थालिएको छ । तयारीस्वरुप नगरपालिकाले विभिन्न बिद्यालयमा कार्यरत शिक्षकहरुलाई पाँच दिने तामाङ मातृभाषा प्रशिक्षण दिइएको हो । बैज्ञानिक र गुणस्तरिय शिक्षाका लागि मातृभाषा शिक्षा भन्ने अभियानका साथ भएको प्रशिक्षणको सोमबार नगर प्रमुख शमशेर लामाले समापन गर्नुभयो । समापन समारोहमा बोल्दै लामाले तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयका तामाङ तथा गैर तामाङ शिक्षकलाई मातृभाषाको प्रशिक्षण दिइएको बताउनुभयो । नगरभित्र तामाङ समुदायको बाहुल्यता भएका...