विदेशबाट दैनिक ३५ सय सम्म नेपालीहरु स्वदेश ल्याइने

जेठ, काठमाडौं – सरकारले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकिकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो। मन्त्रिपरिषदको १२ जेठको बैठकले अप्ठ्यारोमा परेका नागरिकको उद्धार गर्ने नीतिगत निर्णय गरेको थियो । त्यसअनुसार समितिले ककसलाई कुन चरणमा उद्धार गर्ने भन्ने कार्ययोजना बनाएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । को को पर्छन् प्राथमिकतामा ? आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्‍न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजकिरिया गर्न...