भियनामा नेपाली महिलाद्वारा आफ्नै तीन बच्चाको हत्या

कार्तिक, ब्रसेल्स – अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ बच्चाको हत्या गरेकी छन् । बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया ती महिलाका तीन बच्चा मध्ये सबैभन्दा सानो बच्चा ८ महिनाको भएको प्रहरीलाई उद्धृत गर्दै पत्रकार रविचन्द्र भट्टराईले बताए। दुई बालिकाहरु नौ र तीन वर्षका थिए। ती महिलाले बिहान ५ बजे र २० मिनेटमा पुलिसलाई आफैँले खबर गरेकी थिइन्। महिलाले आफैँ पनि मर्न चाहेको बताएकी थिइन् र प्रहरीको उपस्थितिमा उनी घटनास्थलमा नै रहेको बताइएको छ। प्रहरी घटना स्थलमा पुग्दा नौ वर्षीया बालिका जिवित नै थिइन्। उनलाई...