न्युयोर्कका वित्तीय प्रमुखबाट तामाङ समाजको अध्यक्ष सम्मानित

मंसिर, न्युयोर्क – नेपाली अमेरिकी डायस्पोरा माझ लामो समयदेखि नेपाली समुदायको अधिकारको लागि नेतृत्व पंक्तिमा बसेर सक्रिय भूमिका निर्वाह गरिरहेको व्यक्तिहरुलाई सम्मान गरेको छ । शुक्रबार एक समारोहबीच तामाङ समाज अमेरिकाको अध्यक्ष विनिता तामाङ लगायत अन्य व्यक्तित्वहरु न्युयोर्क शहरका वित्तीय प्रमुखबाट सम्मानित भएका छन् । नेपालमा सिन्धुली घर भइ हाल न्युयोर्कको क्विन्समा बस्ने विनिता तामाङ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को केन्द्रीय सदस्य, तामाङ समाज अमेरिकाको महासचिव, दक्षिण एशियाली अमेरिकन प्रथम सम्मेलनका युवा संयोजक हुँदै नेपाली अमेरिकन डायस्पोराको सबैभन्दा बृहत्तर कार्यक्रम नेपाल डे परेडका अभियन्ता पनि हुन् ।...