तामाङ समाज बुसानले ‘नाङ्साल सांगीतिक सौगात’ कार्यक्रम गर्ने

मंसिर १९, दक्षिण कोरिया – कोरियाको नयाँ बर्ष सलनाल एवं तामाङ समुदायको पर्ब २८५६ सोनाम ल्होछारको अवसरमा तामाङ समाज ख्याङ्सङ बुसानले आगामी जनवरी २४ तारिखको दिन किम्हेमा बृहत् सास्कृतिक कार्यक्रम ‘नाङ्साल सांगीतिक सौगात’को आयोजना गर्ने भएको छ । समाजको कार्यसमिती र सल्लाहकार सहितको पुर्ण बैठकबाट कार्यक्रम गर्ने निर्णय गरिएको छ । सलनालको पहिलो दिन गरिने कार्यक्रममा नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूको उपस्थित रहने समाजको अध्यक्ष सुजीत घिसिङले बताउनु भयो ।