कोरिया फर्कन नपाउँदा ८ सय नेपालीको रोजगारी गुम्ने खतरा

दक्षिण कोरिया – दक्षिण कोरियाबाट विदामा घर गएका नेपालीहरुलाई समस्या पर्न थालेको छ । केही समयको छुट्टिमा घर गएका नेपालीहरु कोरिया फर्कन नपाउँदा रोजगारी नै गुम्ने खतरा बढेको छ । इपिएस माध्यमबाट कोरिया आइ बिदामा घर गएकाहरु कम्पनीले दिएको समयसिमा भित्र नफर्किएमा भिसा रद्द हुने छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले लकडाउन सहित अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि कोरिया फर्कन नपाउने नेपालीहरुको संख्या लगभग ८ सयको हाराहारीमा रहेको छ । नेपालबाट कोरिया फर्कन चाहनेहरुको संख्या सर्बेक्षण गर्दा ८ सयको हाराहारी नेपालीहरुले नाम टिपाएका छन् । जसमा अधिकांश इ-९...