विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजको यात्रा शुरु

माघ, एजेन्सी – विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजले आफ्नो पहिलो यात्रा शुरु गरेको छ । अमेरिकाको फ्लोरिडामा पर्ने मियामीबाट जहाजले सात दिने यात्रा शुरु गरेको बीबीसीले जनाएको छ । रोयल क्यारिबियन समूहको स्वामित्वमा रहेको तीन सय ६५ मिटर लामो जहाजमा सात हजार ६ सय यात्रु बस्न सक्छन् । दुई अर्ब अमेरिकी डलर लागतमा निर्माण सम्पन्न भएको २० तले पानी जहाजमा सात वटा स्विमिङ पुल, ६ वटा वाटरस्लाइड तथा ४० भन्दा धेरै रेष्टुरेन्ट तथा बारहरु रहेका छन् । वातावरणविद्हरूले भने तरल प्राकृतिक ग्यासबाट चल्ने जहाजले हानिकारक मिथेन ग्यास हावामा...