मतदानकाे दिन वर्षाकाे पूर्वानुमान भएपछि मतदान केन्द्रमा त्रिपालकाे व्यवस्था गर्नू – निर्वाचन आयाेग

बैशाख, काठमाडौ – स्थानीय तहकाे निर्वाचनकाे मतदानकाे दिन अर्थात ३० वैशाखमा वर्षाकाे आँकलन गरिएपछि निर्वाचन आयाेगले हरेक निर्वाचन केन्द्रमा पाल/त्रिपालकाे व्यवस्था गर्न निर्देशन दिएकाे छ। वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आयोगले सरकारी निकायलाई निर्देशन दिएको हाे। शुक्रबार बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा पाल/त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न आयोगले भनेकाे हाे। स्थानीय तहका सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन भनिएकाे छ। निर्वाचन आयोग ऐन,...