प्राधिकरणको ३७ औं वार्षिकोत्सवमा ५२ जनाले गरे रक्तदान

साउन, हेटौडा – नेपाल बिद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । नेपाल बिद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयको आयोजनामा बिहीबार भएको रक्तदान कार्यक्रममा ७ जना महिला र ४५ जना पुरुषले रक्तदान गरेका हुन् । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । बिहान ७ बजेदेखि ११ बजेसम्म रक्तदान कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण बागमती प्रदेशका डिभिजन प्रमुख दिपेन्द्रराज द्धुवेदी, प्रशासन प्रमुख रामचन्द्र पौडेल, रक्तदान कार्यक्रम उप समितिका संयोजक प्रेम प्रसाद दुलाल, सहायक प्रशासकिय अधिकृत भरत...