‘फेमेली प्लान’ छैन ? त्यसो भए कसरी रोक्ने गर्भ ?

मंसिर, काठमाडौँ – यौन अत्यन्त गोप्य र निजी सरोकारको विषय हो । तथापी विवाहअघिको यौनका लागी सुरक्षित यौनका बारेमा जान्नु आवश्यक हुन्छ । विवाहपछि पनि अक्सर दम्पतीले लगत्तै ‘फेमेली प्लान’ बनाउँदैनन् । यस्तोमा गर्भ रोक्न विभिन्न उपाय अपनाउने गरीएको छ । आजकल धेरैले चिकित्सकको परामर्श बिना नै गर्भ निरोधक चक्की सेवन गर्ने गरेका छन् । तर यो सुरक्षित हुदैँन । कुनै महिलामा मधुमेह, उच्च रक्तचाप, थाइराइड जस्ता समस्या छन् भने उनीहरुले आफुखुसी गर्भ निरोधक चक्की सेवन गर्नु हुदैँन । यसका लागि चिकित्सकको परामर्श अनिर्वाय हुन्छ । साथै गर्भनिरोधका कुन...