सुन्दर संसार देख्नको लागि करुणा जगाउनुहोस्

संसार, आफु अन्सार । अर्थात हामी जस्तो छौं, हामीले भोग्ने संसार त्यही अनुसार निर्माण हुने हो । हामी खराब छौ, लोभी छौ, हिंस्रक छौ, व्यभिचारी, इष्र्यालु छौ भने हाम्रो संसार सुरक्षित हुँदैन । हाम्रो संसारमा खुसी हुँदैन । हाम्रो संसारमा उमंग हुँदैन । हाम्रो संसारमा प्रेम हुँदैन । बरु निरासा, भय, कुण्ठा, क्रोध, लोभले भरिएको हुनेछ । यस्तो संसारलाई नर्क लोक भनेर पनि व्याख्या गर्न सकिन्छ । धर्म-दर्शनले विभिन्न लोकको परिकल्पना गरेको छ । त्यसमध्ये एक हो, नर्क लोक । अर्थात प्रेत लोक । यस्तो लोकमा मान्छेलाई चैन हुँदैन...