मृत्युपछि आँखा दान गर्नेको सङ्ख्यामा वृद्धि

पछिल्लो समय आँखा दान गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको पाइएको छ । मृत्युपछि जलेर जाने आँखाको नानीले दुई जनालाई दृष्टि दिन सक्छ भन्ने सन्देश प्रवाह भएसँगै आँखा दान गर्न इच्छा व्यक्त गर्नेको सङ्ख्या बढ्दै गएको छ । यससँगै मृत्युपछि आँखा दान गर्ने क्रम पनि बढेको छ । भरतपुर आँखा अस्पतालका सहायक व्यवस्थापक छाया श्रेष्ठका अनुसार असार १३ गते नारायणगढका ८४ वर्षीय मुक्तिलाल चुके र २५ गते नारायणगढकै ९० वर्षीया मीनकुमारी जोशीको आँखा परिवारले दान गराएका छन् । मृत्युपछि परिवारले उहाँहरुको आँखा दान गराएका हुन् । अस्पतालले उहाँहरुसहित हालसम्म...