पालुङ गढीको संरक्षणको लागि जेसीजको सक्रियता

जेठ, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरमा क्रियाशिल पालुङ जेसीजले थाहा नगरमा रहेका ऐतिहाासिक पुरातात्विक सम्पदा पालुङ गढीको संरक्षणका लागि क्रियाशिल भएको छ । मंगलबार पालुङ जेसीजले थाहा नगरपालिका वडा नम्बर २ र ३ को सिमानामा रहेको आकाशदेबी डाँडामा रहेको ऐतिहाँसिक र पुरातात्विक महत्व बोकेको गढीको संरक्षण, प्रबर्द्धन र बिकासका लागि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा २ का वडा अध्यक्ष बमबहादुर सिन्तान, वडा सदस्यहरु, स्थानीय नागरिकहरु बीच अन्तरक्रिया सहित स्थान परिचय कार्यक्रमको आयोजना गरेको छ । परापूर्व कालमा पालुङ राज्यको दरबार संरक्षणका लागि उक्त डाँडामा गढी रहेको...