सरकारले कोभिड–१९ का सङ्क्रमितलाई उद्धार गरी उपचार गर्ने

चैत्र, काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताउनुभएको छ । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले कुनै पनि कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्नेसमेत बताउनुभयो । “कुनै व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिए हामी हवाईमार्ग वा स्थलमार्गबाट त्यस्ता व्यक्तिको सुरक्षितरूपमा उद्धार गरेर अस्पताल लगेर उपचार गछौँँ”, उहाँले भन्नुभयो । उहाँले नेपालमा पनि कोरोना पोजेटिभ देखिएपछि थप सावधानी अपनाउनुपर्छ भन्दै कोभिड–१९ पोजेटिभ देखिएपछि नेपाल अब ग्रीनजोनमा नरहेको समेत बताउनुभयो । “हिजोसम्म हामी ग्रीन जोनमा रहेका थियौँ”, उहाँले...