बहुगुणी अमिलाे फल कागती

भिटामिन सीको मुख्य स्रोत मानिने कागतीलाई आन्तरिक एवं बाह्य स्वास्थ्य रक्षाका लागि महत्त्वपूर्ण मानिन्छ । कागतीमा ‘सिट्रोन’ नामक पदार्थका साथै क्यारोटिन र साइटिन अम्ल पाइन्छ, जसमा विविध रोग निर्मूल गर्ने शक्ति हुन्छ । कागती रुचिकारक, कब्जियतनाशक, शीतलता प्रदान गर्ने एवं साैन्दर्यवर्धक फल हाे । यसलाई विभिन्न उपचारमा समेत प्रयोग गर्न सकिन्छ । यसको प्रयोगबाट झाडापखाला, चर्मरोग, अमलपित्त, पेटको रोग, बाथ, दाद, ज्वरो र रूघा आदि रोगबाट मुक्ति पाउन सकिन्छ। कागतीको सेवन ठीक तरिकाले गरे मात्र फाइदा लिन सकिन्छ। कागतीको रसलाई मुलाको रससँग नुन मिसाएर सेवन गर्नाले शारीरिक बनावटमा सुन्दरता...