हेटौंडामा कोरोना जाँच गर्नेको चाप बढ्यो

जेठ, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा कोरोना भाइरसको परिक्षण गर्नेको चाप बढेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को ल्यावमा कोरोना जाँच गराउनेको धेरै चाप वढेको हो । मन्त्री र शक्तिशाली सांसदका जिल्लाबाट आएको स्वाबको छिटो परिक्षण हुने र हेटौंडाको आइसोलेसनमा रहेकाहरुको ढिलो परिक्षण हुने गर्दा कोरोना जाच्न र रिपोट लिनका लागि चार दिन सम्म पर्खनुपर्ने बाध्यता भएको विरामीहरु बताउछन । लकडाउनकै समयमा घरमा वसेर काठमाण्डौ गएका थाहा नगरपालिकाका युवकका परिवारको समेत प्रयोगशालामा परिक्षण गर्न...