नेपालमा थप ३ सय १६ जना कोरोना संक्रमित पुष्टी

असार १६, हेटौँडा – नेपालमा मंगलबार थापा ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपभए संगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जोगेश्वर गौतमको अनुसार देशका विभिन्न स्थानबाट ३ सय १६ जनामा कोरोना पुष्टि भएको बताएका हुन् । मंगलबार थपिएका ३ सय १६ जनामा ७१ जना महिला र २ सय ४५ जना पुरुष रहेका छन् ।