बागमती प्रदेशको स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी

साउन, हेटौंडा – बागमती प्रदेशको प्रादेशिक स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर विश्वराज जोशीलाई नियुक्त गरिएको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले बुधवार जोशीलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । जोशीको कार्यकाल ४ वर्षको रहनेछ । जोशी यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सेसको रजिस्ट्रार र अस्पतालकै युरोलोजिष्ट प्रमुख  थिए । उनले सन् १९७४ मा एमडी (विशेषज्ञता सेवा) र १९८३ मा डाक्टर उपाधी हासिल गरेका थिए । उपकुलपति नियुक्तीसँगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडि बढ्ने प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश...