राक्सिराङको दुइ स्वास्थ्यचौकी बन्द

साउन, हेटौडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउपालिकाको २ स्वास्थ्य चौकीको आकस्मिक बाहेकका सबै‌ सेवा बन्द गरिएको छ । कैलाश गाउपालिकाको कोरोना संक्रमित महिला उपचारका लागि राक्सिराङ आएको पाइएपछि स्वास्थ्य चौकी बन्द गरि कर्मचारीको पिसिआर टेस्ट गर्न लागिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख बिजय कापरिले जानकारी दिए । राक्सिराङ स्वास्थ्य चौकी चैनपुर र सरिखेत स्वास्थ्य चौकी सरिखेत केहि दिनका लागि बन्द गरिएको हो । सरिखेतका कर्मचारि चैनपुरको स्वास्थ्य चौकीमा आवतजावत गरिएकाले सो स्वास्थ्य केन्द्र पनि बन्द गरिएको कापरिले बताए । स्वास्थ्य चौकिका कर्मचारीहरुको सोमबार पिसिआर टेस्टका लागि स्वाब संकलन गरिने उनले...