मकवानपुरमा शुक्रबार थप ३० जनामा कोरोना पुष्टि

भदौ, हेटौंडा – मकवानपुर जिल्लामा शुक्रबार एकै दिन थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारोना संक्रमितहरुहरु सबै भन्दा धेरै हेटौंडाका मात्र २८ जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । कोरोना संक्रमणबाट हेटौंडा बजार क्षेत्रका वडामा धेरै जसो संक्रमित देखा परेका छन् । हेटौंडा उपमहानगरपालिका मात्र २८ जना संक्रमित र २ जना थाहा नगरपालिकाको रहेका छन् ।