मकवानपुरको दरबारडाँडामा ‘दारको पकेट क्षेत्र घोषणा’

भदौ, हेटौंडा (भीमफेदी) – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा रहेको दरबारडाँडा सामूदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा दार पकेट क्षेत्र घोषणा गरिएको छ । डिभिजन वन कार्यालय राप्ती मनहरीको अगुवाईमा सो स्थानमा दारको पकेट क्षेत्र घोषणा गरिएको हो । ‘दार’बाट बन्ने ठेकीका लागि प्रख्यात जिल्ला मकवानपुरमा पहिलोपटक दारको पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णु प्रसाद आयार्चले बताउनुभयो । पछिल्लो समय दार लोपोन्मुख हुने अवस्थामा पुगेकोले पनि दार वृक्षारोपणमा सबै सामूदायिक वनकर्मीहरु लाग्नुपर्ने बताएका छन् । भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षता तथा बागमती...