महोत्तरीका आठ सञ्चारकर्मीमा कोरोना पुष्टी

असोज, महोत्तरी – महोत्तरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ । आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि यो सङ्ख्या आठ पुगेको हो । यसअघि नै चारजनामा सङ्क्रमण पुष्टि भएको थियो । आज सङ्क्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निकेश खनाल, सरस्वती भुजेल, मनोज थापामगर र आशा तोलङ्गेले आफुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको बताउनुभयो । चार दिनअघिदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा चारैजनामा सङ्क्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी...